गौरीगञ्जमा निःशुल्क एक महिने संगीत तथा योग प्रशिक्षण कार्यक्रम सुरु

गौरीगञ्जमा निःशुल्क एक महिने संगीत तथा योग प्रशिक्षण कार्यक्रम सुरु

२० जेठ २०८२, राजेश आचार्य ।

गौरीगञ्ज गाउँपालिकाको आर्थिक सहयोग र सांस्कृतिक जागरण केन्द्र, झापाको आयोजनामा निःशुल्क एक महिने संगीत तथा योग प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ।

 गौरीगञ्ज गाउँपालिका ३ स्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा हिजो सोमबार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको उद्घाटन गरिएको हो । सांस्कृतिक जागरण केन्द्र झापाका अध्यक्ष मोहन विश्वकर्माको अध्यक्षता तथा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पूजन न्यौपाने (कुँवर)को प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन भएको थियो। कार्यक्रमको विशिष्ट अतिथिको रूपमा शिक्षा शाखा प्रमुख टंकप्रसाद खरेल र वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी रहनुभएको थियो। 

कार्यक्रमको उद्घाटन उपाध्यक्ष न्यौपानेले हार्मोनियम बजाएर गर्नुभयो। उद्घाटन समारोहमा संगीत प्रशिक्षकहरूले हार्मोनियम र बाँसुरीको मधुर धुनमा स्वागत गीत प्रस्तुत गरी अतिथिहरूलाई स्वागत गरेका थिए।

कार्यक्रममा गौरीगञ्ज माविका प्रधानाध्यापक गोविन्द प्रसाद घिमिरे, वडाध्यक्ष श्रवण गिरी, योग प्रशिक्षक दुर्गा प्रसाद भण्डारी, शिक्षा शाखा प्रमुख टंकप्रसाद खरेल, उपाध्यक्ष पूजन न्यौपाने (कुँवर)लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रमुख अतिथि न्यौपानेले मन्तव्य दिँदै भन्नुभयो, “संगीत आत्माको अभिव्यक्ति हो। यस कार्यक्रममार्फत हामी गौरीगञ्जलाई चिनाउने प्रतिभा उत्पादन गर्ने लक्ष्य राखेका छौँ।”

डा. कुमार सुवेदीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष भीमा खतिवडाले राख्नुभएको थियो।कार्यक्रममा वडा सदस्यहरू, उद्योग तथा वाणिज्य संघका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक, योग तथा संगीत प्रशिक्षक, समाजसेवी, अभिभावक र संगीत तथा योगप्रेमी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

गौरीगञ्ज गाउँपालिकाको चारवटै सामुदायिक माध्यमिक विद्यालयहरुमा २०८२ सालको जेठ १९ गतेदेखि असार १९ गतेसम्म सञ्चालन हुने यो प्रशिक्षण कार्यक्रम सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू र शिक्षकहरूका लागि लक्षित गरिएको छ।

कार्यक्रमको उद्देश्य योग र संगीतमार्फत बालबालिकाको क्षमता विकास तथा सामाजिक चेतना अभिवृद्धि गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email