वडाध्यक्षसहित भ्रमणमा गएको टोलीविरुद्ध उजुरी, किर्ते हस्ताक्षरको आरोप

वडाध्यक्षसहित भ्रमणमा गएको टोलीविरुद्ध उजुरी, किर्ते हस्ताक्षरको आरोप

१० वैशाख २०८३, राजेश आचार्य ।

बाह्रदशी गाउँपालिका अन्तर्गत रहेको भगवती आधारभूत विद्यालयको शैक्षिक भ्रमण कार्यक्रम विवादमा परेको छ। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीलाई वञ्चित गरी आफूखुसी भ्रमण गरिएको भन्दै सम्बन्धित पक्षविरुद्ध गाउँपालिकामा उजुरी परेको हो।

विद्यालय व्यवस्थापन समितिका सदस्य सडानन्द राजवंशीले २०८२ माघ २९ गतेको निर्णयमा आफ्नो किर्ते हस्ताक्षर गरिएको आरोप लगाउँदै गाउँपालिकामा निवेदन दर्ता गरेका छन्। उनका अनुसार आफू उपस्थितै नभएको निर्णयमा हस्ताक्षर गरिएको देखाइएको छ।

यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवानन्द राजवंशीले पनि समितिका पदाधिकारी र विद्यार्थीहरूलाई समावेश नगरी गैर–सदस्यलाई लिएर भ्रमण गरिएको भन्दै उक्त कार्यक्रमको बजेट निकासा रोक्न गाउँपालिकासमक्ष निवेदन दिएका छन् ।

वडा नम्बर २ बाट भगवती आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयका लागि शैक्षिक भ्रमण शीर्षकमा १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, वडाध्यक्ष भिम बहादुर कार्की आफै सदस्य रहेको भगवती आधारभूतले विद्यार्थीहरूलाई समावेश नगरी भ्रमण गरेको र जनता आधारभूत विद्यालयवाट ५ जनालाई मात्र भ्रमणमा समावेश गराएकोले थप शंका उत्पन्न भएको छ।

उजुरी परेपछि बाह्रदशी गाउँपालिकाले भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक महेश कुमार बिष्टलाई १५ दिनभित्र कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ। 

 यसअघि खुला प्रतिस्पर्धाबाट गरिएको प्रधानाध्यापक छनोट प्रक्रियाविरुद्ध उच्च अदालत विराटनगर, इलाम इजलासमा मुद्दा दायर गरेका महेश कुमार बिष्टकै विद्यालयमा यस्तो विवाद बाहिरिनु शिक्षा क्षेत्रमा बढ्दो अनियमितताको संकेत गर्दछ । 

स्थानीय सरोकारवालाहरूले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो लापरवाही र अनियमिततामाथि निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही होला त ? आखिर कसले गरियो किर्ते हस्ताक्षर ? भर्खरै प्रकाशित भएको कक्षा आठको नतिजामा झन्डै ३४ प्रतिशत विद्यार्थी असफल भएको विद्यालयको शैक्षिक भ्रमणको उपलब्धि के रह्यो होला ?यस प्रकारको शैक्षिक भ्रमणले शिक्षा क्षेत्रमा कस्तो परिवर्तन र सुधार आउला?

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360