बाहदशीमा जंगली च्याउ खाँदा ११ जना बिरामी

बाहदशीमा जंगली च्याउ खाँदा ११ जना बिरामी

२७ वैशाख २०८३, राजेश आचार्य ।

झापाको बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीमा जंगली च्याउ खाँदा ११ जना बिरामी परेका छन्। आज मिति २०८३/०१/२७ गते बिहान करिब १०:०० बजे स्थानीय तेज बहादुर खवासको घरमा जंगलबाट ल्याएको च्याउ पकाई खाँदा उनीहरू बिरामी भएका हुन्।

बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास र २० वर्षीया अनिता खवास लगायत अन्य ८ जना बालबालिका रहेका छन्। बिरामीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुऱ्याइएको थियो।

प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि ९ जनालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको छ। बिरामीमध्ये २ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email