झापा ५ः अघिल्लो चुनाव भन्दा मतान्तर बढाए ओलीले (२८८४६ मतको अन्तर)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अघिल्लो निर्वाचनमा भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । यस पटक उनले अघिल्लो मतान्तर भन्दा बढी मत ल्याएका हुन् ।अध्यक्ष ओलीले २०७४ सालमा एमाले, माओवादी र राप्रपा सहितको गठबन्धनबाट ५७१३९ मत ल्याएका थिए । त्यस बेला ओलीले २८८४२ मतान्तरमा बिजयी भएका थिए । २०७९ को प्रतिनिधी सभा निर्वाचनमा ओलीले ५२३१९ मत ल्याएका छन् भने अधिकारीले २३४७३ मत प्राप्त गरेका छन् । ओलीले यस पटक २८८४६ मतको अन्तर राखेका छन् |



