निर्वाचन परिणामलाई एमालेले स्वीकार्छ: ओली

निर्वाचन परिणामलाई एमालेले स्वीकार्छ: ओली

एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामलाई एमालेले स्वीकार्ने बताउनुभएको छ ।झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले निर्वाचित हुनुभएका अध्यक्ष ओलीले आज भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै जनताको अभिमतलाई आफ्नो पाटीले स्वीकार्ने बताउनुभएको हो ।

यो निर्वाचनमा सत्ता गठबन्धनले सत्ता र शक्तिको चरम दुरुपयोग गरेको आरोप पनि लगाउनुभएको छ । उहाँले अरु पाटीका कार्यकर्ता र सर्वसाधारण मतदातालाई सत्ता गठबन्धनका दलहरुले डर, धाक, धम्की दिएको, राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सिद्धन्तविहीन र स्पष्ट दृष्टिकोणबिनाको समूह भएको बताउँदै सो हालको निर्वाचन परिमाणमा सो पार्टीे ल्याएको मतलाई ‘खहरे’को संज्ञा दिनुभयो । ‘हा–हा र हो–हो रे मा’, राष्ट्र चल्दैन’, उहाँले भन्नु भयो– ‘देश चलाउन सिद्धान्त चाहिन्छ, भिजन चाहिन्छ ।’अध्यक्ष ओली विजयीको प्रमाणपत्र लिन र झापामा एमालेले जितेका क्षेत्रमा विजय उत्सवमा आजै विहान ११ बजेको यती एयरलाइन्सको जहाजमा झापा आउनु भएको हो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email