स्वतन्त्र उम्मेदवार नेपाल ले बुझाए खर्च विवरण

स्वतन्त्र उम्मेदवार नेपाल  ले बुझाए खर्च विवरण
स्वतन्त्र उम्मेदवार नेपाल ले बुझाए खर्च विवरण

झापा, मंसिर १४ । झापा क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवार स्वागत नेपालले आफ्नो चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन् ।

नेपालले निर्वाचनमा जम्मा खर्च ३ लाख ५४ हजार ८८५ रुपैयाँ खर्च भएको भन्दै खर्च विवरण आयोगमा बुझाएका हुन् । उनले आफ्नो चुनावी खर्चको सक्कल बिलसहितको विवरण आयोगमा बुझाएको जानकारी दिएका छन् ।

उनले आफ्नो खातामा सर्वसाधारणले स्वतःस्फूर्त सय–दुई सयदेखि हजार–दुई हजार गरी सहयोग गरेको उनले बताए । यसरी आफ्नो खातामा ३ लाख ३९ हजार ९२१ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् । त्यसमा आफूले १४ सय ९६४ रुपैयाँ थपेर जम्मा ३ लाख ५४ हजार ८८५ रुपैयाँ भएको र त्यो खर्च भएको उल्लेख गरेका छन् ।

 Views: 1

Previous articleसांसद लिङ्देनले गरे एकैदिन तीनवटा पुलको शिलान्यास

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares