बाह्रदशी गाउपालिका १२औ गाउसभा उद्घाटन

बाह्रदशी गाउपालिका १२औ गाउसभा उद्घाटन
बाह्रदशी गाउपालिका १२औ गाउसभा उद्घाटन

बाह्रदशी गाउँपालिकाको १२ औं गाउँसभा उद्घाटन भएको छ । गाउँ सभा र नगरसभा संचालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम बाह्रदशी गाउँ सभाको बाह्रौं अधिवेशन प्रारम्भ गरिएको हो । चकचकी स्थित बाह्रदशी गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता तथा सञ्चालन बाह्रदशी गाउँपाकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईले गर्नुभएको थियो ।
गाउँसभामा अध्यक्षले गाउँ सभाको बाह्रौं अधिवेशन आव्हान गरेको पत्र पढेर सुनाएपछी कार्यक्रममा सार्वजनिक महत्वको प्रस्ताव वडा नम्बर ४ का वडाध्यक्ष महताव आलमले राख्नु भएको थियो भने उक्त प्रस्तावलाइ समर्थक सदस्य बल बहादुर बानियाले समर्थन जनाउनु भएको थियो ।

सभामा सभाका सदस्य युवराज ढकाल, विजय प्रसाद अधिकारी, हेमलाल दाहाल, राधिका भट्टराई र मिलन संग्रौलालाइ सभाका अध्यक्ष चम्लागाईले छलफलमा भाग लिन समय प्रदान गर्नुभएको थियो ।

सभामा बोल्दै ढकालले कृषकका लागि अनिवार्य काडको व्यवस्था गर्नुपर्ने, विधुत भोल्टेजको समस्या समाधान गर्नपर्ने, विउ वीजन गुणस्तरीय नभएकोले यसलाइ प्रभावकारी वनाउनु पर्नेमा जोड दिनुभयो । त्यस्तै अाैषधि पसल इजाजत नलिइ चलाइरहेकोले अनुगम गरिनुपर्ने, कृषकका लागि आउने मलमा कालोबजारी भएको साथै हात्ती नियन्त्रण हुन नसकेको जस्ता समस्याहरू राख्नुभएको थियो ।

त्यसै गरि सदस्य हेमलाल दाहालले यश गाउपालिकामा गरीब समुदायको वसोवास धेरै भएकाले गरीबी निवारणका कार्यक्रमहरु र ज्येष्ट नागरिकलाइ स्थानिय स्तरबाटै अाैषधि वितरण प्रभावकारी बनाउन पर्नेमा जोड दिनुभयो । त्यसैगरी सदस्य राधिका भट्टराईले वीउ वीजन गुणस्तरीय नभएका कारण कृषक हरु बाट धेरै गुनासो आएकोले गर्दा समस्या धेरै बढी रहेको भन्ने कुरा राख्नु भएको थियो ।

सोही सभामा वोल्दै बिजय अधिकारीले वडा नम्वर १ को भवन भनिसक्दा समेत नक्सा पास नभएको, वडा कार्यालय जाने बाटो नक्साङ्गकन नभएको, विध्यालयमा कम्युटर समयमा उपलब्ध हुन नसक्दा बिद्यालय मा समस्या आएको देखिन्छ , हिमाली सडक कालोपत्रे हुन नसक्दा स्थानीयलाइ धुलोले समस्या निम्तियाको जस्ता समस्या राख्नुभएको थियो । साथै बजेट निर्माणको क्रममा सवै वडाको कुल बजेट बाट ४० लाखका दरले कालोपत्रे निर्माणका लागि रकम कटाैति गरिदा वडाका धेरै जस्तो कार्यक्रमहरू बजेट अभावका कारण काटिदा समस्या आएको जस्ता समस्या राख्नुभएको थियो ।

वोल्दै मिलन संगाैलाले बाह्रदशी ७ का आगलागीमा परेका परिवार लाइ स्थानीय सरकारबाट उचित राहत उपलब्ध गराइनुपर्नेमा जोड दिनुभएको थियो । सोही कार्यक्रममा उत्‍कृष्‍ट कर्मचारी पुरस्कृत हुनेहरूको नाम सभामा सभाका सदस्य हेमलाल दाहालले प्रस्तुत गर्नुभएको थियो ।पुरस्कृत हुने हरुमा बाह्रौं अधिवेशन सम्म आइपुग्दा बाह्रदशी गाउँपालिकाले १३ वटा ऐन जारी गर्न सफल भएको अध्यक्ष चम्लागाईले जानकारी दिदै सभाका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईले अर्को सभा पुस २२ गते हुने जानकारी गराउदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

सभामा बाह्रदशी गाउँपाकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई, उपाध्यक्ष सान्ता खरेल, प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, योजना शाखा प्रमुख तेज प्रसाद रेग्मी, वडाध्यक्षहरु, मित्रराज भट्टराइ, रत्न प्रकाश योङ्हाङ्ग, बिर बहादुर सिंह राजवंशी, महताव आलम, टंकप्रसाद साह, भिम बाहुदर कार्की, टेक बहादुर सिंह राजवंशी,कार्यपालिका सदस्यहरू पञ्चानन राजवंशी, मानबहादुर राजवंशी, तारा थपलिया, रानी मुर्मु लगायत गाउँसभाका सदस्यहरू, गाउँपालिका कर्मचारीहरू र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares