बाह्रदशी जेसिसको पदहस्तान्तरण कार्यक्रम सम्पन्न

बाह्रदशी जेसिसको पदहस्तान्तरण कार्यक्रम सम्पन्न
बाह्रदशी जेसिसको पदहस्तान्तरण कार्यक्रम

बाह्रदशी जेसीजको दोस्रो पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम आइतवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बाह्रदशी ५ स्थित जेष्ठ नागरिक भवनको सभाहलमा आयोजित कार्यक्रमा बाह्रदशी जेसीज सन् २०२२ का अध्यक्ष पुस्पलाल धमलाले फुली तथा मात्रीसाखा सुरुङ्गा साखाका पुर्व अध्यक्ष एलपी उप्रेती ले चेन लगाएर सन् २०२३ का अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीलाई पद हस्तान्तरण गर्नुभएको थियो ।

बाह्रदशी गाँउपालिकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बाह्रदशीका विभिन्न वडाका वडाध्यक्षहरू, बाह्रदशी गापाका विभिन्न शाखाका अधिकृतहरू, जेसीजका केन्द्रीय पदाधिकारी, विभिन्न शाखाका अध्यक्ष, विभिन्न संघ संघसस्थाका प्रमुखहरूको आतिथ्यता रहेको थियो ।

   ३०गते सम्पन्न भएको अधिबेशन बाट निर्वाचित सम्पुर्ण पदाधिकारी को नाम निर्वाचन आयुक्त सुरुङ्गा साखा का पुर्व अध्यक्ष कुमारमणि पोख्रेल ले बाचन गर्नु भएको थियो भने संस्थापक अध्यक्ष बिगम श्रेष्ठ लाई पुर्व अध्यक्ष घोषण गर्दै एलपी उप्रेती ले पुर्व अध्यक्ष को स्थान मा बसाउनु भएको थियो।

नवराज दाहाल को संयोजक मा संचालित कार्यक्रम मा बर्ष २२ का उत्कृष्ट जेसि सदस्य हरुलाइ विभिन्न बिधामा पुरस्कार वितरण गरिएको थियो।पुरस्कृत हुने हरुमा बेस्ट लोम अफिसर अफ द यर नवराज दाहाल ,बेस्ट कोडिनेटर प्रकाश फुयाल ,बेस्ट पार्टिसिपेन्ट गोपाल उप्रेती ,जेसि अफ द यर टंक कार्की,बेस्ट सपोर्टर तिर्थराज कोइराला लगायत ले प्राप्त गर्नु भएको थियो।

सन् २०२३का अध्यक्ष लक्ष्मी उप्रेतीले आफ्नो टिमलाइ पूर्णता दिदै सपथ गराउनुभयो । उप्रेतीले महासचिवमा खगेन्द्र सुवेदी, कोषाध्यक्षमा टंक बहादुर कार्की, कानुनी सल्लाहकारमा सदिक्षा खड्का, कार्यकारिणि उपाध्यक्षमा तिर्थ प्रसाद काफ्ले र प्रकाश फुयल, उपाध्यक्षहरूमा आश्विन देउजा, विश्वास गौतम, संजय शाह र भिष्म प्रसाईंलाई मनोनयन गर्नुभएको थियो भने सदस्य बिर्दी मा नवराज दाहाल लाई मनोनीत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नुहुदै बाह्रदशी गाउँपालिका अध्यक्ष चम्लगाइले गाउँपालिकाले गर्नपर्ने कामहरू जेसीजले गरेकोमा प्रसम्सा गर्नुहुदै आगामि दिनमा पनि यस्तै कामहरू हुने विश्वास व्यक्तगर्नुहुदै जेसीज भवन निर्माण गर्न आवश्यक सहयोग गरिने प्रतिवद्दता व्यक्त गर्नुभयो । नेपाल जेसिजकि कार्यकारिणी उपाध्यक्ष रश्मि बस्नेतले शुभकामना मन्तव्य राख्नुहुदै बाह्रदशी जेसीजले पहिलो बर्षमै धेरै कामहरू गरेको भन्दै प्रसम्सा गर्नुभएको थियो ।

कार्यक्रमका संयोजक नवराज दाहालले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सन् २०२२का महासचिव टंक बहादुर कार्कीले गर्नुभएको थियो । मात्रिशाखा सुरूङ्गाका पुर्व अध्यक्ष एल पि उप्रेतीले सन २०२३ का अध्यक्ष लक्ष्मी उप्रेतीको जिवनी पढेर सुनाउनु भएको थियो । पदभार ग्रहण पछिको कार्यक्रमको सञ्चालन बर्ष ३२ का महासचिव खगेन्द्र सुवेदीले गर्नुभएको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares