सामुदायिक क्याम्पस ले जग्गा दाता संग १५ कठ्ठा अनुदानको लागि आह्वान गरेको छ ।

झापा, झापाको बाह्रदशी सामुदायिक क्याम्पस ले आफ्नै क्याम्पस भवन निर्माण गर्न जग्गा अनुदान को लागि आह्वान गरेको छ ।

बाह्रदशी -३श्री पशुपति मा.बि.को भवनमा संचालन भइरहेको बाह्रदशी सामुदायिक क्याम्पस ले भवन निर्माण तथा खेल मैदान ब्यबस्थापनका लागि कम्तीमा १५ कठ्ठा जग्गा अनुदान स्वरूप क्याम्पस लाई प्रदान गर्ने गरि इच्छुक जग्गादाताहरुमा आह्वान गरेको छ।
मिति २०७९ माघ ०४ गते बसेको संचालन समितिको निर्णय अनुसार राजगढ बजार एरियाको कम्तीमा १किलोमीटर आसपास बाटो ले छोएको एकै ठाँउ मा रहेको ०-१५-० कठ्ठा जग्गा आह्वान गरेको हो।




